काठमाडौबाट त्रिशुली आउँदै गरेको माईक्रोबस दुर्घटना हुदाँ ११ जनाको मृत्यु,#Rip १२ जना गम्भिर घाईते । मदानपुर गा.वि.स.को वडा नम्बर ८ स्थित केउरीनी स्थिती जोगीभिर भन्ने स्थानमा भएको माइक्रो बस दुर्घटना बाट ८ जनाको घटनास्थलमा र थप तीन जनाको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको छ
काठमाडौबाट त्रिशुली आउँदै गरेको माईक्रोबस दुर्घटना हुदाँ ११ जनाको
मृत्यु,#Rip १२ जना गम्भिर घाईते । मदानपुर गा.वि.स.को वडा नम्बर ८ स्थित
केउरीनी स्थिती जोगीभिर भन्ने स्थानमा भएको माइक्रो बस दुर्घटना बाट ८
जनाको घटनास्थलमा र थप तीन जनाको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको छ
।
मृत्यु हुनेमा माइक्रोबसका चालक बेलकोट गाविसका दामोदर कँडेल, नेपाली
सेनाको सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा तालिमरत सैन्यहरु यसोदा
कार्की, ईश्वर कार्की, ओखलढुङ्गा घर भएका सन्तोषी बोगटी र रामेछाप घर भएका
लक्ष्मी श्रेष्ठको सनाखत भएको छ । घटनास्थलमा मृत्यु भएका तीन जना र
उपचारको क्रममा काठमाडौमा मृत्यु भएका तीन जनाको सनाखत हुन बाँकी रहेको छ ।
मृत्यु हुने अन्य ६ जनाको सनाखन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको माईक्रोबस सडकबाट सात सय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।
काठमाडौबाट त्रिशुली आउँदै गरेको बा.१ ज ७५८३ नम्बरको माईक्रोबस
पासाङल्हामू मार्ग अन्तर्गत केउरनीमा दुर्घटना भए लगत्तै घाइतेको उद्धार,
मृतकको शव संकलन गर्न आफूहरु केन्द्रित रहेका प्रहरी चौकी ककनीका प्रहरी
निरीक्षक जयराम वन्तले बताउनुभएको छ । माईक्रोबसमा २३ जना भन्दा यात्रुहरु
रहेकोमा १८ जना सैन्य तालिम केन्द्र मैथलीमा तालिम गर्दै आएका सैन्यहरु
रहेका छन् ।
तालिमरत सैन्यहरु काठमाडौबाट सैन्य तालिम केन्द्र त्रिशूलीमा आइरहेका थिए ।
घाइते भएका मध्ये दुई जनाको वीर अस्पतालको ट्रमा सेन्टर र १० जनाको सैनिक
अस्पताल छाउनीमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । साँघुरो सडकमा
तिव्र गतिमा भएको करण दुर्घटना भएको बताईएको छ । दुर्घटनाबाट घाइते तथा
मृतकको उद्धारमा स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मी परिचालन भएको थियो ।
घाइते भएका मध्ये गम्भिर अवस्थाको पाँच जनालाई हेलिकोप्टरमा राखेर काठमाडौ
पठाइएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको उपचार र मृतकको शव
व्यवस्थापन गरी पहिचान गराई परिवारलाई जिम्मा लगाउन आफूहरु केन्द्रित रहेको
घटनास्थल पुग्नुभएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले
बताउनुभएको छ । मृतक मध्ये चालक दामोदर कँडेलको शव जिल्ला अस्पताल
त्रिशूलीमा ल्याइरहेको छ भने बाँकी सबैको शव त्रिवि शिक्षण अस्पताल काठमाडौ
लगिएको छ । घटनास्थलमा रहेका घाइते र मृतकको सामाग्रिहरु प्रहरीले संकलन
गरी जिल्ला प्रहरी कार्यालय विदुरमा ल्याएको छ । पत्रकार खेम राज खनाल सरको
रिपोर्ट बाट साभार ।।???


0 comments
Write Down Your Responses