मिलन तिमिल्सिना/उज्यालो ।
काठमाडौं, फागुन २३ – गाडी र मान्छेको ओहोरदोहोर तथा होहल्ला भइरहने सडक छेउमा एकजना युवा एक सुरले लेखिरहेका छन् । कहिले टाउको कन्याउँछन्, कहिले डटपेन टोक्छन् । किताब हेरेर एकछिन टोलाउँछन्, उतिखेरै कापीमा लेखिहाल्छन् ।
एकसुरले लेखिरहँदा बाटो हिँड्ने मान्छेले सोध्छन्–ए भाइ यसको कति रुपैयाँ ? अनि लेख्न छोडेर ती युवा सामानको भाउ बताउँछन् । भाउ सोध्नेमध्ये कोहीले सामान पनि किन्छन्, कोही त्यसै फर्किन्छन् । बाटो हिँड्ने आफ्नो सुरमा बाटो लाग्दा ती युवा फेरि उसैगरी लेखपढमा व्यस्त हुन्छन् ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर छिर्ने मूलचोकबाट बजारतिर जाने सानो बाटोको छेउमा देखिएको दृश्य हो यो । लेखपढ गर्दै बाटो छेउमा सामान राख्ने यी युवाको क्रियाकलाप अरुभन्दा फरक देखिन्थ्यो ।‘लोकसेवाको जाँच आउन लागेको छ, त्यसैले तयारी गर्दैछु’ जिज्ञासामा उनले भने । ‘बाटोको छेउमा बसेर लोकसेवाको तयारी ?’ प्रश्न सोध्ने बित्तिकै उनी मुसुक्क हाँसे र भने, ‘के गर्नु यहाँ आएर नबसे बिहान बेलुकाको छाक टर्दैन, काम गर्दै पढ्नु मेरो बाध्यता हो ।’
लोकसेवाको फारम भर्ने बित्तिकै धेरैले गर्दै आएको काम समेत छाड्छन् । शान्त ठाउँ खोजेर तयारी गर्छन् । तर डोटी बर्सेनीका धिरेन्द्र क्षेत्रीलाई काम छाड्न मिलेन । होहल्ला भइरहने सडक छेउमै बसेर पढ्नुपर्ने उहाँको बाध्यता हो । यहीँ बसेर उहाँले लोकसेवाको एउटा परीक्षा दिइसक्नुभएको छ । अहिले अर्को परीक्षाको तयारीमा लाग्नुभएको हो । ‘अधिकृतको परीक्षा दिइसकें, नाम निस्केला भन्ने आशा छ, प्रथम पत्र राम्रो भयो, अब चैतको अन्तिम हप्ता दोस्रो, तेस्रो र चौथो पत्रको परीक्षा दिनु छ’ ढुक्क हुँदै उहाँले भन्नुभयो, ‘अब नासुको परीक्षा आउनै लाग्यो, त्यसको तयारी पनि राम्रो भइरहेको छ ।’
निकै आत्मविश्वासी र मेहनती धीरेन्द्रले स्नातकोत्तर तहको पढाई पनि सकिसक्नुभएको छ । ‘अब थेसिस बाँकी छ, त्यो पनि छिटै सक्छु’ उहाँले भन्नुभयो ।
उहाँले दुई वर्षअघिदेखि व्यापारको काम थाल्नुभएको हो । ‘घरको आर्थिक अवस्था कमजोर भएकाले काम गर्दै पढ्नुपर्ने मेरो बाध्यता हो’ उहाँले भन्नुभयो, ‘फुर्सदको समयमा यसरी काम गर्दा पैसा पनि हुन्छ, बिना काममा समय खेर पनि जाँदैन ।’
बिहान–बेलुका फुर्सदको बेला व्यापार गरेर पनि उहाँले महिनाको १२/१५ हजार रुपैयाँ कमाउनुहुन्छ । ‘काठमाडौंमा बसेर पढ्न र कोठाभाडा तिर्न पुगेको छ’ धीरेन्द्रले भन्नुभयो ।
आफूजस्तै युवालाई काम सानो र ठूलोको रुपमा नलिन र जानेको काम गर्न आग्रह गर्नुहुन्छ । ‘लाखौं खर्च गरेर विदेशमा गएर के हुन्छ र, जानेको काम लाज नमानीकन गर्ने हो भने यहीँ पनि मज्जाले कमाई गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।
उमाकान्त पाण्डे/उज्यालो ।
फागुन २३ – चैनले नसुतेको झण्डै अढाई महिना भयो । रगत जुटाउन समस्या । साथीभाइ जुटेर रगत त जुटाए । तर देवीको श्वासप्रश्वासमा अझै समस्या छ ।
देवीको अचेत अवस्थाले उहाँका श्रीमान् खोटाङको बाम्राङ ६ का लोकेन्द्र श्रेष्ठ पनि बेहोस जस्तै हुनु भएको छ । ‘भगवान पनि कति निष्ठुरी, हामीलाई किन यती हैरानी दिएको होला ?’ मलिन स्वरमा श्रेष्ठ एउटा कुनामा बसेर रोइरहनु भएको छ । देवीको उपचार पछि आएका धेरै अप्ठेरा लोकेन्द्रलाई मात्रै थाहा छ । धेरथोर उहाँका नजिकका साथीभाइलाई ।
त्यसो त अस्पतालमा उहाँ एक्लै पनि हुनुहुन्न । छेउमा अचेत अवस्थामा श्रीमती देवी लामा ढलिरहनु भएको छ । देवीसँगै ढलेका छन् लोकेन्द्रका सपना पनि । कमाउन दुवई आएका लोकेन्द्र दम्पती अहिले सहयोग माग्नु पर्ने अवस्थामा पुगेका छन् । धेरथोर सहयोग त जुट्यो, तर त्यसरी संकलन गरेर जम्मा भएको रकमले देवीको उपचार खर्च नपुग्ने भयो ।
कम्पनीले गरिदिएको बीमा सम्झौता बमोजिम दुई लाख ६० हजार दिर्हाम उपचारमा खर्च भएपनि उहाँ अझै तंग्रिनु भएको छैन । अलिअलि होश त खुलेको छ, तर अझै पनि श्वास प्रश्वासमा समस्या छ । घाँटीको र मुटुको अप्रेसन सकियो । मिर्गौलामा देखिएको समस्याले रगतमा समेत असर गर्यो । उपचारमा खर्च बढेपछि देवी लामालाई नेपाल लैजाने तयारी थालिएको छ ।
अचेत र श्वासप्रश्वासमै समस्या भएपछि सामान्य एयरलाइन्सबाट नेपाल लैजान नपाउने अस्पतालले भनेको छ । अहिले कम्पनीकै सहयोगमा बीमावाला कम्पनीले एयर एम्बुलेन्स मार्फत देवीलाई नेपाल लैजाने प्रयास भईरहेको छ ।
‘दुई तीन दिन भित्र देवीलाई नेपाल पर्याउनु पर्ने छ । साथमा पैसा छैन । नेपालको कुन अस्पतालमा आइसियु पाइन्छ त्यो पनि थाहा छैन ।’ मलिन स्वरमा लोकेन्द्रले भन्नुभयो ।
रोजगारीका लागि आएका लोकेन्द्र दम्पतीले यो अवस्था आउला भन्ने कल्पना पनि गरेका थिएनन । दुवै जना एउटै कम्पनीमा काम गर्थे । लोकेन्द्र कम्पनीका सुपरभाइजर हुनुहुन्छ । त्यही शाखामा देवी पनि काम गर्नुहुन्थ्यो । सात महिना अघि देवी गर्भवती हुनुभयो । तर गएको माघ ३ गते देवी बिरामी हुनुभयो । लोकेन्द्रले तत्काल नजिकैको क्लिनिकमा पुर्याउनु भयो । त्यसपछि सुरु भयो यो दम्पतीको पिडादायक जीवन ।
क्लिनिकमा पुर्याएपछि देवीलाई झन झन ज्वरोले च्याप्यो । वान्ता हुन थाल्यो । ढाड दुख्ने बिराम पनि थपियो । त्यसपछि बर दुवईको अस्तर अस्पताल सार्नुभयो । तर अस्पतालसँगै सर्यो उहाँको विराम पनि । माघ ६ गते डाक्टरले भने ‘आमा र बच्चा दुवैको अवस्था चिन्ताजनक छ ।’
अप्रेसन गरियो । तर ६ महिनाको बच्चा बचाउन सकिएन । डाक्टरका अनुसार देवीको मुटु र फोक्सोमा पनि समस्या छ । कलेजो र किड्नी पनि जोखिममा छ ।
सहयोग स्वरुप साढे पाँच लाख रुपैयाँ सहयोग संकलन
देवी लामा बिमारी भएको खबर दुई पटकसम्म उज्यालो अनलाइनले प्रकाशन गरेपछि साढे पाँच लाख रुपैयाँ सहयोग संकलन गरिएको छ ।
लोकेन्द्र र देवी काम गर्ने कम्पनीमा काम गर्नेहरुले १२ हजार दिर्हाम संकलन गरेका थिए । खोटाङ सेवा समाज युएईले १५ सय ३० दिर्हाम सहयोग गरेको छ । लमजुङ समाजले एक हजार १२ दिर्हाम, धरान समाजले ६ सय दिर्हाम सहयोग गरेको लोकेन्द्रले जानकारी दिनुभयो । त्यस्तै आबुधाबीमा कार्यरत गायक प्रकाश पौडेल र व्यवसायी विकास अधिकारीको सक्रियतामा झण्डै तीन हजार दिर्हाम संकलन गरिएको छ ।
श्रीमतीको उपचारमा समस्या भएपछि लोकेन्द्रले सहयोगका लागि आग्रह गर्नुभएको छ । उहाँलाई सहयोग गर्न दुवई इस्लामिक बैंकको खाता नम्बर ०११५२००८९२२९००१ पैसा जम्मा गर्न सकिन्छ ।
प्रहरीको गोली लागेर अहिलेसम्म सात मोर्चाका जना कार्यकर्ताको मृत्यु भएको मोर्चाका एक स्थानीय नेताले जानकारी दिए ।
मधेशमा भइरहेको हत्या, हिंसाको विरोधमा मधेशी मोर्चाले दुईदिने मधेश बन्दको घोषणा गरेको छ । मधेशी युवाहरुले मधेशी मोर्चाले संसद्बाट सामूहिक राजीनामा दिनुपर्ने मागसमेत गर्न थालेका छन् ।
यसैबीच, एमालेका प्रचार विभागका सचिव विष्णु रिजालले तीन दिनका लागि पार्टीको मेची महाकाली अभियानको कार्यक्रम पनि स्थगित गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । एमाले नेता शंकर पोखरेलले आजको घटनाप्रति दुःख व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले एमाले स्थायी कमिटीको आकस्मिक बैठकले षड्यन्त्र भएको निश्कर्ष निकालेको पनि बताए ।
झडपको क्रममा प्रहरीले आफ्नो तर्फ २० जना घाइते भएको बताएको छ ।
ज्यान गुमाएकाहरु :
सञ्जन मेहता
दीगम्बर यादव
पीताम्बर मण्डल
आनन्द साह
अजय साह
अवधेश ठाकुर
सञ्जय मेहता
काठमाडौबाट त्रिशुली आउँदै गरेको माईक्रोबस दुर्घटना हुदाँ ११ जनाको मृत्यु,#Rip १२ जना गम्भिर घाईते । मदानपुर गा.वि.स.को वडा नम्बर ८ स्थित केउरीनी स्थिती जोगीभिर भन्ने स्थानमा भएको माइक्रो बस दुर्घटना बाट ८ जनाको घटनास्थलमा र थप तीन जनाको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको छ । मृत्यु हुनेमा माइक्रोबसका चालक बेलकोट गाविसका दामोदर कँडेल, नेपाली सेनाको सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा तालिमरत सैन्यहरु यसोदा कार्की, ईश्वर कार्की, ओखलढुङ्गा घर भएका सन्तोषी बोगटी र रामेछाप घर भएका लक्ष्मी श्रेष्ठको सनाखत भएको छ । घटनास्थलमा मृत्यु भएका तीन जना र उपचारको क्रममा काठमाडौमा मृत्यु भएका तीन जनाको सनाखत हुन बाँकी रहेको छ । मृत्यु हुने अन्य ६ जनाको सनाखन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको माईक्रोबस सडकबाट सात सय मिटर तल पुगेको प्रहरीले जनाएको छ । काठमाडौबाट त्रिशुली आउँदै गरेको बा.१ ज ७५८३ नम्बरको माईक्रोबस पासाङल्हामू मार्ग अन्तर्गत केउरनीमा दुर्घटना भए लगत्तै घाइतेको उद्धार, मृतकको शव संकलन गर्न आफूहरु केन्द्रित रहेका प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभएको छ । माईक्रोबसमा २३ जना भन्दा यात्रुहरु रहेकोमा १८ जना सैन्य तालिम केन्द्र मैथलीमा तालिम गर्दै आएका सैन्यहरु रहेका छन् । तालिमरत सैन्यहरु काठमाडौबाट सैन्य तालिम केन्द्र त्रिशूलीमा आइरहेका थिए । घाइते भएका मध्ये दुई जनाको वीर अस्पतालको ट्रमा सेन्टर र १० जनाको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । साँघुरो सडकमा तिव्र गतिमा भएको करण दुर्घटना भएको बताईएको छ । दुर्घटनाबाट घाइते तथा मृतकको उद्धारमा स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मी परिचालन भएको थियो । घाइते भएका मध्ये गम्भिर अवस्थाको पाँच जनालाई हेलिकोप्टरमा राखेर काठमाडौ पठाइएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको उपचार र मृतकको शव व्यवस्थापन गरी पहिचान गराई परिवारलाई जिम्मा लगाउन आफूहरु केन्द्रित रहेको घटनास्थल पुग्नुभएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभएको छ । मृतक मध्ये चालक दामोदर कँडेलको शव जिल्ला अस्पताल त्रिशूलीमा ल्याइरहेको छ भने बाँकी सबैको शव त्रिवि शिक्षण अस्पताल काठमाडौ लगिएको छ । घटनास्थलमा रहेका घाइते र मृतकको सामाग्रिहरु प्रहरीले संकलन गरी जिल्ला प्रहरी कार्यालय विदुरमा ल्याएको छ । पत्रकार खेम राज खनाल सरको रिपोर्ट बाट साभार
खुकरीले हानेर पछि ढुंगाले थिचेर श्रीमतीको हत्या । #Rip सक्दो सेयर गर्नुहोला हत्यारालाई कडा भन्दा कडा कार्वाही होउस गुल्मी, फागुन १७ – गुल्मीको ईश्मा रजस्थल-१ थापाचौरमा ५९ वर्षका यमबहादुर खत्रीले घरमा बसिरहेका बेला ४५ वर्षकी श्रीमती कमला खत्रीलाई खुकरी हानेर, ढुंगाले थिचेर हत्या गरेका छन् ।
दुई श्रीमती भएका उनले कान्छी श्रीमतीलाई खुकुरीले हानेर पछि ढुंगाले थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले बताउनु भएको छ । खुकुरी प्रहारबाट लक्ष्मीको घटनास्थलमै ज्यान गएको हो । खत्रीले श्रीमतीको हत्या गर्नुअघि आफ्नै गोठमा आगोसमेत लगाएको स्थानीय बासिन्दाले बताएका छन् । दुई श्रीमती विवाह गरेका खत्री लामो समयदेखि कान्छी श्रीमतीसँग बस्दै आएका थिए । दुई श्रीमतीहरु मध्ये जेठी श्रीमतीतर्फ चार र कान्छी श्रीमतीतर्फ चार गरि आठ सन्तानहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले खत्रीलाई मंगलबार अपरान्ह घटनास्थलबाट पक्राउ गरेको छ
आर्थिक र पारिवारिक समस्याका कारण यौनपेसामा संलग्न हुने महिलाको संख्या बढ्दै गएको अध्ययनहरुले देखाएका हुन् ।
३५ वर्षीया एक महिला १३ वर्ष भयो, यौन व्यवसायमा लागेको । २० वर्षको उमेरमा विवाह गरेकी उनको वैवाहिक जीवन दुई वर्षसम्म पनि राम्ररी चल्न पाएन । विवाह भएको एक वर्षपछि छोरा जन्मियो, त्यसपछि उनको घरबार नै बिग्रियो ।
श्रीमान्ले छाडेपछि उनी बेसहारा बनिन् । काखे छोरा बोकेर अरु काम गर्न नसक्ने भएपछि उनले थालिन्, यौन व्यवसाय । छिटो र धेरै पैसा कमाइने भएपछि उनी १३ वर्षदेखि यही पेसामा संलग्न छिन् ।
उनकोजस्तै कहानी छ, २३ वर्षीया अर्की एक महिलाको । वैवाहिक जीवन बिग्रिएपछि उनी पनि ९ वर्षदेखि यही पेसामा संलग्न छिन् ।
१४ वर्षको उमेरमा आफूभन्दा तल्लो जातको केटासँग विवाह गरेकी उनले छोरा जन्माएपछि श्रीमान्ले छाडिदिए । माइतीको पनि सहयोग नपाएपछि उनी यौन व्यवसायमा लागेको बताउँछिन् ।
यिनीहरु त उदाहरणमात्र हुन्, हाल नेपालमा ५४ हजार यौन व्यवसायी महिला रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको पछिल्लो अध्ययनले देखाएको छ ।
सामाजिक, आर्थिक र पारिवारिकलगायतका कारणले महिलाहरु यौन व्यवसायमा लागिरहेको अध्ययनले देखाएको छ ।
नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता छैन । तर, व्यवसाय भने फस्टाउँदै गएको विभिन्न अध्ययनले देखाएका छन् । परिवारको साथ नपाएपछि जीवन गुजारा गर्न नै धेरै महिला यो पेसामा लाग्ने गरेका छन् ।
यौन व्यवसायमा लागेका महिलालाई पेसाबाट बाहिर ल्याउन सरकारले प्रभावकारी काम गर्न सकेको छैन, न त उनीहरुको पेसालाई वैधानिकता नै दिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
३५ वर्षीया एक महिला १३ वर्ष भयो, यौन व्यवसायमा लागेको । २० वर्षको उमेरमा विवाह गरेकी उनको वैवाहिक जीवन दुई वर्षसम्म पनि राम्ररी चल्न पाएन । विवाह भएको एक वर्षपछि छोरा जन्मियो, त्यसपछि उनको घरबार नै बिग्रियो ।
श्रीमान्ले छाडेपछि उनी बेसहारा बनिन् । काखे छोरा बोकेर अरु काम गर्न नसक्ने भएपछि उनले थालिन्, यौन व्यवसाय । छिटो र धेरै पैसा कमाइने भएपछि उनी १३ वर्षदेखि यही पेसामा संलग्न छिन् ।
उनकोजस्तै कहानी छ, २३ वर्षीया अर्की एक महिलाको । वैवाहिक जीवन बिग्रिएपछि उनी पनि ९ वर्षदेखि यही पेसामा संलग्न छिन् ।
१४ वर्षको उमेरमा आफूभन्दा तल्लो जातको केटासँग विवाह गरेकी उनले छोरा जन्माएपछि श्रीमान्ले छाडिदिए । माइतीको पनि सहयोग नपाएपछि उनी यौन व्यवसायमा लागेको बताउँछिन् ।
यिनीहरु त उदाहरणमात्र हुन्, हाल नेपालमा ५४ हजार यौन व्यवसायी महिला रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको पछिल्लो अध्ययनले देखाएको छ ।
सामाजिक, आर्थिक र पारिवारिकलगायतका कारणले महिलाहरु यौन व्यवसायमा लागिरहेको अध्ययनले देखाएको छ ।
नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता छैन । तर, व्यवसाय भने फस्टाउँदै गएको विभिन्न अध्ययनले देखाएका छन् । परिवारको साथ नपाएपछि जीवन गुजारा गर्न नै धेरै महिला यो पेसामा लाग्ने गरेका छन् ।
यौन व्यवसायमा लागेका महिलालाई पेसाबाट बाहिर ल्याउन सरकारले प्रभावकारी काम गर्न सकेको छैन, न त उनीहरुको पेसालाई वैधानिकता नै दिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
काठमाडौं: सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ।
मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस भएकी शर्मिला पराजुली ढकालको नाम सरकारले फिर्ता लिएको हो। यी दुई राजदूतबारे विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएपछि उनीहरूको सिफारीस फिर्ता लिएको स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार विभिन्न देशमा १४ राजदुत सिफारीस भएको तेस्रो दिन नै सरकारले युएईका लागि सिफारीस भएकी लामा र ओमनका लागि सिफारीस ढकालको नाम फिर्ता लिएर मन्त्रिपरिषद बैठकको माइन्यूटबाटै हटाएको हो।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले १४ देशका लागि राजदुत सिफारीस गरेको थियो। सिफारीस निर्णयको तेस्रो दिन बुधबारै कांग्रेस सभापति शेरबहादुर देउवाले लामाको नाम फिर्ता लिन परराष्ट्रमन्त्री प्रकाशसरण महतलाई आफ्नै निवासमा बोलाएर निर्देशन दिएका थिए।
सोही दिन देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि टेलिफोन गरेर उक्त विषयबारे जानकारी गराएको स्रोतले बतायो। त्यस्तै, ढकालको नामसमेत फिर्ता लिने निर्णय गरिएको थियो।
मन्त्रिपरिषद कार्यालयले संसदीय सुनुवाईका लागि लामा र ढकालबाहेक अन्य १२ जनाको नाम पठाउने तयारी गरेको छ। ‘दुई महिनाअघि एउटा ठूलो संचार गृहले खाडीमा समस्यामा परेका चेलिवेटी उद्धारमा ठूलो योगदान गरेको भनेर प्रोफाइल लेख्यो, अरुले पनि रामै्र भने र हामीले सिफारीस गरेका हौँ,' लामालाई सिफारिस गर्नुको कारणबारे एक कांग्रेस नेताले भने, ‘सिफारीस भएको दिनदेखि उनको वास्तविकता बाहिर आएपछि हामीले पनि क्रसचेक गरेर फिर्ताको निर्णय गरेका हौँ।'
कांगे्रेस सभापति देउवाले आइतबार संसदीय दलको कार्यालय सिहदरबारमा बसेको मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरुसँगको बैठकमा पनि सिफारीस भएको तेस्रो दिन लामाको नाम फिर्ता भैसकेको जानकारी गराएका थिए। ‘सभापतिले राजदुत सिफारीस भएको तेस्रो दिनमै आशा लामाको नाम फिर्ता भैसकेको जानकारी गराउनु भयो,' बैठकमा सहभागि रुपन्देहीका सांसद भरतकुमार शाहले अन्नपूर्णसँग भने।
देउवानिकट अर्का नेताले पनि लामाको सिफारीस फिर्ता भैसकेको जानकारी दिए। ‘संचार माध्यम र पार्टीकै केही साथिहरु भने औपचारिक जानकारीबिनै पत्र लेखेरै उनको विरोध गरिरहेका छन्,' ती नेताले भने।
शनिबार मात्रै कांग्रेस नेता रामचन्द्र पौडेल सहित केही नेताहरुले राजदुत सिफारीसको विरोध गर्र्दै केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवालाई लिखित पत्र लेखेरै आग्रह गरेका थिए।
केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवाले एक महिना अघि नै सल्लाह गर्दा पौडेल नमानेको आरोप देउवानिकट ती नेताले लगाए। ‘एक महिना अघि नै सभापतिजीले केन्द्रीय समिति बैठक बोलाऊ भनेर पौडेलसँग भन्नु भएको थियो,' उनले भने, ‘तर उहाँले युरोप भ्रमणमा जानु छ, पछि बोलाउँ भन्नु भयो, अहिले केन्द्रीय समिति बसेन भन्न मिल्छ ? '
कांग्रेस सभापति देउवाले राजदुत कस्लाई बनाउने भन्ने विषय पार्टीको केन्दीय कार्यसमितिको छलफलको विषय नभएको बताए।आईतबार विहान कांग्रेस संसदीय दलको कार्यालयमा संचारकर्मीहरुसँग कुरा गर्दै देउवाले सबै विषयहरु केन्द्रीय समितिमा छलफल हुनुपर्ने भन्ने मान्यता परम्परा र पार्टीको विधि विधान अनुसार नभएको बताए। 'राजदुत सिफारीस केन्द्रीय समितिमा छलफल गरेर निर्णय गर्ने विषय होईन,' देउवाले भने, ‘यस्तो छलफल न विगतमा भएको छ, न अब हुन्छ।'
संविधान संशोधनका विषयमा छलफल गर्न डाकिएको उक्त बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिहले मधेशी दलले पनि नमान्ने संसोधन प्रस्ताव अघि बढाएर के हुन्छ भनेर प्रश्न गरेका थिए। लगत्तै केन्द्रीय सदस्य समेत रहेका सांसद फरमुल्लाह मन्सुर कांग्रेसले मधेसी दलका लागि नभई मधेसी जनताका लागि संशोधनमा समर्थन गरेको भन्दै प्रतिवाद गरेका थिए।
धेरै समाचारहरुले एयरपोर्टको मुहार नै फेरिदिएको पनि थियो । तर, यसपटक हाम्रा दर्शक दिपेश कुमार श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल परिषरभित्र विमानस्थलको परिचयपत्र लगाएका, ड्युटी आवरमा रहका कर्मचारीले बियर पिउँदै गरेको भिडियो पठाए ।
यस भिडियोमा विमानस्थल कर्मचारी मात्र छैनन् एक उच्च पदस्त प्रहरी अधिकारी पनि छन् । एयरपोर्ट जस्तो सार्वजनिक ठाउँमा यात्रुका अघाडि खुलेआम बियरको चुस्की लिइरहेका छन् यी कर्मचारी ।
स्रोतका अनुसार बियर पिउने कर्मचारीसँगै बस्ने व्यक्ति राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी हुन् । यसरी खुलेआम रुपमा विमानस्थलमा बसेरै बियर पिउनु कतिसम्म उचित कार्य हो ? के यसप्रति सरकारी निकायको आँखा पुग्ला ?
(हामीलाई ढिला गरि प्राप्त भएकोमा यो भिडियोमा कैद भएका कर्मचारी र प्रहरी अधिकारीको पहिचान आज दिन सकेनौं । तर, यस विषयमा हामी हाम्रो फ्लोअप जारी राख्नेछौं ।)
धुर्मुस सन्तलीले ५० बर्षको लागी बनाएको बस्ती एक लात हान्दा भत्कने - स्थानियको गुनासा (हेर्नुहोस भिडियो
एजेन्सी । मृत्यु नै मानिसको अन्तिम विन्दु हो भनिन्छ । तर इन्डोनेशियाको एक समाजले भने यो भनाईलाई मान्दैन । किनकी उक्त समाजमा मृत्युपछि पनि जिन्दगीलाई कायम राख्ने चेष्टा गरिएको अन्तराष्ट्रिय संथाहरुले उल्लेख गरेका छन् । इन्डोनेशियाको दक्षिण सुलावेसीको पहाडमा रहने मानिसहरुले आफ्ना परिवारका कोही पनि सदस्यको मृत्युपछि पनि दाहसंस्कार नगरी शवलाई आँफैसँग सम्हालेर राख्छन् । संसारभरकै प्रचलनलाई चुनौँतीदिँदै तोरजा समाजले मृत्यु पछि पनि लाशलाई लाश नमानेर घरमा नै सजाएर राख्ख्दै आएका छन् । यो समुदायका मानिसले मृतकलाई बिरामी व्यक्तिका रुपमा मान्दै आएका छन् । त्यति मात्रै होइन उनीहरुले सुरक्षीत राखेका लाशहरुलाई दैनिक विहानै नुवाइदिन्छन् । मृतकको शरीरलाई सुरक्षीत राख्नका लागी फर्मल्डिहाइड र पानीको मिश्रण बनाएर नियमित रूपमा शरीरमा लगाइदिने प्रचलन छ । उनीहरु भन्छन् लाशसँग कत्तिपनि डर लाग्दैन तर डर भन्दा धेरै माया लाग्छ । यो समाजमा करिब ५ लाख मृत शरीर छन् जसलाई तोरजा समाजका मानिसले अझै सुरक्षीत राखीरहेका छन् । यदी यो समाजमा कोही मानिस मर्यो भने भोज भतेर गरेर अन्त्मि दाहसंस्कार गरिन्छ । मानिसको मृत्युपछि भैँसी काटेर बृहद भोजको आयोजना गरिन्छ । र लाशलाई उही पुरानै शैलीले सुरक्षीत राखिन्छ ।
काठमाडौं । राजधानीमै त्यो पनि राष्ट्रपति भवनकै पछाडीको एक घरमा मान्छेलाई खोरमा थुनेर राखिएको छ भन्ने सुन्दा जो कसैलाई अचम्म लाग्न सक्छ ।हो राष्ट्रपति भवन शितल निवास पछाडी एक घरमा एक बालक र उनका दाजुलाई खोर बनाएर थुनेर राखिएको छ ।
जीवजन्तु र पशुपंक्षिलाई खोरमा थुनिनु नौलो कुरा होईन । बरु आजभोली पशुपंक्षीलाई पनि स्वतन्त्र रुपमा बाँच्न दिनुपर्ने आवाज उठेका छन् । यसको कार्यान्वयनको पाटो भने विकसित हुँदैछ ।
तर यहाँ त मानिसलाई पनि पशुजस्तै राखिएको छ त्यो पनि राष्ट्रपति भवन पछाडी । मुलुककै सबैभन्दा सुगम ठाउँ राजधानी त्यो पनि राष्ट्रपति भवनकै पछाडीको एउटा घरमा मान्छेलाई खोरमा थुनेर राखिएको छ ।
महाराजगञ्जस्थित कृष्णधारामार्गमा पर्ने यो घर । सरस्वती रानामगर र उनका श्रीमान्सहित ४ जना छोरा बस्छन् यहाँ । जहाँको कथा बेग्लै छ । यीनीहरु सरस्वतीका जेठो छोरा २० वर्षीय सुनिल रानामगर र १३ वर्षीय माइला छोरा अनिल ।
जसले विगत लामो समयदेखि यो फलामको खोरमा जीवन कटिरहेको छ । कृष्णधारामार्गको एक घरमा बालकहरु थुनिएका छन् भन्ने सूचना पाएपछि न्युज २४ को टोलि त्यहाँ पुग्दा फलामको साँघुरो खोरबाट सरस्वतीका १३ वर्षीय छोरा अनिल कारुणिक स्वरमा चिच्याईरहेका थिए ।
सानैदेखि सुस्तमनस्थितिका रुपमा जन्मिएका सुनील र अनिललाई खोरमा बस्नुपर्नूको पछाडी धेरै कारण छ । बाँधिएर र खोरमा बस्दा उनीहरुको हात फुटेको छ । घाउ भएका छन् । शरीर वेवारिसे छ । उनका दुवै छोरा सुरमा छैनन् ।
सुनील र अनिललाई खोरमा थुन्नको लागी आमा सरस्वती रानामगरको रहर नभइ बाध्यता रहेछ ।आमा न हो आफ्ना ,सुस्तमनस्थितिका छोराहरुलाई लिएर उनी धेरै ठाउँ पुगिन् । तर कुनै संस्थाले पनि राख्न मानेनन् । एक त आर्थिक अभाव अर्कोतिर न कुनै व्यक्ति न त कुनै संघ संसस्था कसैको पनि सहयोग नपाएपछि आफ्ना छोरालाइ खोरको साहारा लिन बाध्य पार्नुको कुनै विकल्प थिएन उनीसँग ।
सुस्त मनस्थितिका सुनील र अनिलको बारेमा न्युज २४ टेलिभिजनले रिपोर्टिङ गर्ने क्रममै मानवअधिकार प्रतिष्ठानका अधिकारकर्मीले यीनीहरुलाई पुनस्थापना गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
सुस्तमनस्थितिका बालबालिकाका लागि भनेर नेपालमा त्यो पनि राजधानीमै धेरै संघसंस्थाहरु छन । तर काम भन्दा कागजी काममा बढी रमाउने परम्पराका कारण सुनील र अनिल जस्ता धेरै अपाङलाई कष्टकर जीवन जिउन बाध्य पारिएको छ ।
कागज र भाषणमा भन्दा त्यस्ता संघसंस्था त्यस्ता बालबालीका र व्यक्तिको जीवनप्रति उत्तरदायी बनिदिए कस्तो होला ?
काठमाडौं, नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल नियुक्त भएका छन् । महानगरीय अपराध महाशाखाबाट केही दिनअघि मात्र प्रधान कार्यालय सरुवा भएका खनाललाई सोमबार प्रवक्तामा नियुक्त गरिएको हो ।
उनले यसअघि पनि प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । जानकारहरु उनको यसअघिको प्रवक्ताको कार्यकाललाई अत्यन्तै सफल मान्छन् । राजधानी दैनिकमा खबर छ ।
POKHARA: More than a dozen houses have been inundated after flood water from the Seti River gushed into the human settlements in Ramghat of Kaski district.The slum areas on the bank of Seti River have been inundated after torrential rainfall since Monday night.However, no human causalities have been reported yet as the people have been shifted to a safer place, according to Chief District Officer (CDO) Hari Prasad Mainali.A massive flood in the Seti River has damaged crematorium buildings, said CDO Mainali.Likewise, flood in the Khahare Khola has inundated a house of one Bishnu Paudel at Chhorepatan in Pokhara Sub-Metropolitan City-17, according to the Kaski District Police Office.Similarly, increasing water level in the Seti River has put scores of houses in Kaseri of Pokhara Sub-Metropolitan City-1 at risk, police said.Likewise, the Yamdi River swept away two houses at Yamdi VDC in Pokhara Sub-Metropolitan City 27.Police said that vehicular movement along the Pokhara-Baglung Highway has been obstructed due to a landslide at Ghampus.Meanwhile, the DAO has warned the people move to safer places.








