सिड्नीमा सुमन्द्रमा डुवेर एक नेपाली विद्यार्थीको मृत्यु, एक जना अझै बेपत्ता, २१ वर्षीया श्रृष्टि भण्डारी मृत अवस्थामा
काठमाडौं— अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। उनी न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत थिइन्।
सृष्टिसँगै समुन्द्रमा अर्का एक नेपाली युवक बेपत्ता छन्। झापाका सुदीप उप्रेती समुन्द्रमा हराइरहेका हुन्। प्रहरी तथा उद्धारकर्ताले हेलिकोप्टर प्रयोग गरी उनको खोजी गरिरहेका छन्।
उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारामा फेला पारेको अष्ट्रेलियन हेराल्डले उल्लेख गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु पानीमा डुबेर भएको देखिएको छ। सृष्टिको नेपाल ठेगाना काठमाडौं रहेको बताइएको छ।
सृष्टिसँगै समुन्द्रमा अर्का एक नेपाली युवक बेपत्ता छन्। झापाका सुदीप उप्रेती समुन्द्रमा हराइरहेका हुन्। प्रहरी तथा उद्धारकर्ताले हेलिकोप्टर प्रयोग गरी उनको खोजी गरिरहेका छन्। ‘युवतीसँगै डुबेकी युवकलाई हामी खोजी गरिरहेका छौं’, उद्धारमा खटिएका प्रहरी अधिकृत इन्थोनीले भने, ‘हाम्रो प्रयास जारी छ। प्रहरीले उनीहरु दुवैजना एकै पटक समुन्द्रमा डुबेको अनुमान गरेको छ।
सेभेन न्युजका अनुसार गत वर्ष डिसेम्बरमा पनि दुई नेपाली विद्यार्थी समुन्द्रमा डुबेका थिए। डुबेर मृत्यु हुने नेपालीको संख्या अष्ट्रेलियामा बढ्दै गएको छ।

0 comments
Write Down Your Responses