पिउन पनि कति पिएको होला ? बियरको चुस्की लिँदै अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी (भिडियोसहित)
धेरै समाचारहरुले एयरपोर्टको मुहार नै फेरिदिएको पनि थियो । तर, यसपटक हाम्रा दर्शक दिपेश कुमार श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल परिषरभित्र विमानस्थलको परिचयपत्र लगाएका, ड्युटी आवरमा रहका कर्मचारीले बियर पिउँदै गरेको भिडियो पठाए ।
यस भिडियोमा विमानस्थल कर्मचारी मात्र छैनन् एक उच्च पदस्त प्रहरी अधिकारी पनि छन् । एयरपोर्ट जस्तो सार्वजनिक ठाउँमा यात्रुका अघाडि खुलेआम बियरको चुस्की लिइरहेका छन् यी कर्मचारी ।
स्रोतका अनुसार बियर पिउने कर्मचारीसँगै बस्ने व्यक्ति राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी हुन् । यसरी खुलेआम रुपमा विमानस्थलमा बसेरै बियर पिउनु कतिसम्म उचित कार्य हो ? के यसप्रति सरकारी निकायको आँखा पुग्ला ?
(हामीलाई ढिला गरि प्राप्त भएकोमा यो भिडियोमा कैद भएका कर्मचारी र प्रहरी अधिकारीको पहिचान आज दिन सकेनौं । तर, यस विषयमा हामी हाम्रो फ्लोअप जारी राख्नेछौं ।)

0 comments
Write Down Your Responses