फूल मन पराएको आधारमा थाहा हुन्छ मान्छेको स्वभाव




काडमाडौं । मानिसको स्वभाव थाहा पाउने धेरै उपाय मध्ये एक हो–उसले मन पराउने फूलको आधार । फूल मन पराएको आधारमा मानिसको स्वभाव थाहा पाउन सकिन्छ ।

गुलाब
गुलाबको फूल मन पराउने मानिसहरू साहसिक काम गर्न मन पराउँछन् भने उनीहरु नयाँ–नयाँ ठाउँको भ्रमण गर्न रुचाउँछन् । गुलाब मन पराउनेहरू जुनसुकै समयमा खुसी रहने गर्छन ।

कार्नेसन
कार्नेसन फूल मन पराउनेहरू मानिसहरु दर्शनलाई सूक्ष्म तरिकाले बुझ्ने कोसिस गर्छन् । नयाँ भाषा सिक्ने कोसिस गर्छन् र सिक्नका लागि तत्पर पनि हुन्छन् । यिनीहरू जीवनलाई कडा नियममा बाँध्न चाहन्छन् ।

हंशराज
हंशराज फूल मन पराउनेहरूको मनमस्तिष्क फूलको रंगजस्तै बदलिरहन्छ । गर्मी समय बढी मन पराउँछन् भने सामाजिक जीवनलाई बढी ध्यान दिँदै सबैलाई सँगै लिएर हिँड्ने क्षमता राख्छन् ।

लिली
यो फूल मन पराउनेहरू जुत्ताको भण्डारण गर्न मन पराउँछन् भने आत्मनिर्भर हुन खोज्नेसँग सम्बन्ध बढाउन चाहन्छन् ।

सुनाखरी
सुनाखरी फूल मन पराउनेहरू रहस्यमयी हुन्छन् भने यस्तैखालका काम गर्न मन पराउँछन् ।

ट्युलिप
यो फूल मन पराउने मानिस बढी रमाइलो गर्न मन पराउने हुन्छन् । अरूभन्दा बढी चञ्चल हुन्छन् । यिनीहरूलाई फरक–फरक खाना खान मन पराउँछन् ।



,

0 comments

Write Down Your Responses